जिब्रो छेड्ने जात्रा भन्ने बितिकै सबैजना मध्यपुर थिमी नगरलाई नै स्मरण गर्दछन। तर धेरैलाई थाहा नभएको कूरा चाही मध्यपुरमा वर्षमा १ पल्ट मात्र नभई २ पल्ट यो जात्रा हुने गर्दछ।
१ : वैशाख २ गते बिस्का जात्राको दिन दिउसो पख बोडेमा हुने गर्दछ।
२ : इन्द्र जात्रा को भोलि पल्ट येयाँ पून्ही को दिन दिगू टोल अवस्थित प्रचण्ड भैरब मन्दिर नजिकै रहेको डबलीमा रातिको अन्दाजी ७ बजे तिर हुने गर्दछ।
नीति नियम र बिधि हरु भिन्नै हुने साथ साथै छेड्ने फलामको सियो अर्थात् सूइरो पनि फरक स्वरुपको हुने भएता पनि सांस्कृतिक महत्तो भने उतिकै बोकेको कारण हामी नगरबासिहरु दुवै जात्रा मिलिजुली मनाउने गर्दछौ।
येही आउदो भाद्र २२ गते “येया पून्ही यु म्ये प्वाखानेगु जात्रा” हुने भएको ले सबैजनालाई मध्यपुर थिमि मनै देखि स्वागत गर्दछ।
३. पहिलाको २ बर्ष जिब्रो छेडेर पशुपति जानू भएको थियो भने यो बर्ष भक्तपुर दत्तात्रेय मन्दिर जाने भनेको छ।





